
आज सोमबार, ५ फागुन २०८१ (१७ फेब्रुअरी २०२५। हेर्नुस् आजको राशिफल
मेष : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। गरेका यात्रामा बिघ्नबाधा आइलाग्नेछ। शत्रुको गतिविधिले आत्मबल घटाउन सक्छ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
वृष : मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। लामो समयदेखि रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ काम सुरु गर्ने समय पनि छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्ला। राज्यबाट मान सम्मान पाइनेछ।
मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आँटेको र ताकेको कार्य पूरा होला। खानपिनको विविध परिकार खान पाइनेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।
कर्कट : मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ रोजगारीको अवसर मिल्ला। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। पुँजी बजारले साथ दिनेछ।
सिंह : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। लेनदेनमा दुविधा उत्पन्न होला। नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर गुम्न सक्छ। आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ।
कन्या : साथीभाइसँग समय बित्नेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो पार्न सक्छ।
तुला : घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
वृश्चिक : पारिवारिक जमघटमा सहभागिताको अवसर मिल्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ला। कला र गलाको प्रभाव बढ्नेछ। आँटे(ताकेको पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।
धनु : यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। कार्यमा अवरोध आउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।
मकर : नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ। मन भावुक र उत्ताउलो बन्ला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च बढ्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
कुम्भ : लाभदायक यात्रा रहनेछ। साथीभाइबाट बढी फाइदा लिने समय छ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले भरपुर साथ देला। मानसिक चिन्ता बढ्ने र केही तनाव बढेको महसुस हुनेछ।
मीन : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। महिला वर्गबाट विशेष सहयोग होला। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले पनि साथ दिनेछ। लाभदायक यात्रा रहला।