बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

केही स्थानमा हिमपात, केहीमा हुस्सु

केही स्थानमा हिमपात, केहीमा हुस्सु

  • खबर सेवा

  • सोमवार, फाल्गुन ५, २०८१

  • 60
    SHARES
केही स्थानमा हिमपात, केहीमा हुस्सु

काठमाडौँ। हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक देखि साधारणतया बदली छ। देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको छ। आज देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

साथै बिहानीपख तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ। त्यस्ता मौसमी गतिविधिबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology