ओली लुम्बिनी पुगेर प्रदेश सभामा सम्बोधन गर्दै
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो।
ओलीले आजै दिउँसो नेकपा एमाले दाङले घोराहीमा आयोजना गर्न लागेको जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री ओली दाङ आउने भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकको पनि आयोजना गरिएको छ।
प्रधानमन्त्री ओली फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सकेर काठमाडौं फर्कने कार्यक्रम तय भएको छ।
ताजा अपडेट
-
१.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
२.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
३.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
४.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
-
५.
भ्रामक समाचारबाट बच्न आयोगको आग्रह
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलवार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार...
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
काठमाडौं । काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्बाचन समन्वय कार्यालय खोल्नुभएको छ। आजबाट काठमाडौंको बिशालनगरमा निर्बाचन समन्वय...
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा बिजय हासिल गर्ने बताउनुभएको छ । कांग्रेस थिग्रिन...
भ्रामक समाचारबाट बच्न आयोगको आग्रह
काठमाडौं ।निर्वाचन आयोगले भ्रामक समाचारबाट बच्न सबैलाई आग्रह गरेको छ। आयोगले निर्वाचन अवधिमा सामाजिक सञ्चालबाट प्रवाह हुन सक्ने भ्रामक...




