बुधबार, चैत्र १२, २०८१
English
Follow us:

कालिमाटीमा कति छ आज तरकारीको मूल्य?

कालिमाटीमा कति छ आज तरकारीको मूल्य?

  • खबर सेवा

  • सोमवार, फाल्गुन ५, २०८१

  • 60
    SHARES
कालिमाटीमा कति छ आज तरकारीको मूल्य?

काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (सोमबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। आज पनि कालिमाटीमा काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २०, करेला ११५, हरियो फर्सी १२ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली र भारतीय दुवै गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २५, करेला ८५, हरियो फर्सी १२ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी भिन्डी १०५, सायोको साग १२, पालुंगोको साग ३५, कन्य च्याउ ११०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५, लौका ५५, घिरौँला ९५ रुपैयाँ प्रतिकिलो थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology