बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

१७ महिनापछि देउवा प्रधानमन्त्री : ओली

१७ महिनापछि देउवा प्रधानमन्त्री : ओली

  • खबर सेवा

  • सोमवार, फाल्गुन ५, २०८१

  • 60
    SHARES
१७ महिनापछि देउवा प्रधानमन्त्री : ओली

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै उनले दुई तिहाइको बलियो सरकार भएकाले केही गरे पनि नढल्ने दाबी गरेका हुन् ।

पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीले दोहोर्‍याए ।

‘केही पार्टीले सरकार ढल्ने हल्ला चलाइराखेका छन् । यस्तो हल्ला नचलाइदिए पनि हुन्थ्यो । यस्तो हल्ला नचलाइ दिए पनि हुन्थ्यो । गलत हल्लाले जनतामा निराशा बढ्छ । अब १७ महिना म सरकार चलाउँछु । त्यसपछि शेरबहादुर देउवाजीलाई सत्ता छोड्छु । यो डिक्लेयर छ । हल्ला चलाउनै पर्दैन’, उनले भने, ‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन । जे गरे पनि ढल्दैन । प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाइको छ । जति बल गरे पनि ढल्दैन । १७ महिना पछि केही गर्नै पर्दैन ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology