केआईआईटीमा नेपाली छात्राको निधन भएको घटनाप्रति इक्यानको आपत्ति, विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने माग
काठमाडौँ। भारतको ओडिसास्थित कलिंगास्थित इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली छात्राको रहस्यमय मृत्यु भएको घटनाप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले गहिरो दुःख व्यक्त गर्दै विश्वविद्यालय प्रशासनको गैरजिम्मेवारीप्रति गम्भीर आपत्ति जनाएको छ।
इक्यानले मृतक प्रकृति लम्सालले आफूमाथि भएको दुव्र्यवहारका विषयमा विश्वविद्यालयलाई जानकारी दिएको तर गम्भीरताका साथ नलिएका कारण दुःखद घटना घटेको जनाएको छ। घटना घटेपछि कलेजले अन्य विद्यार्थीलाई समेत जर्बजस्ती क्याम्पस छाड्न बाध्य पारेको घटनालाई इक्यानले अन्यायपूर्ण र गैरजिम्मेवारपूर्ण निर्णय भनेको छ। इक्यानले विज्ञप्तिमार्फत अध्ययनका लागि वर्षेनि विदेश जाने विद्यार्थीको सुरक्षामा प्रश्न उठेको बताएको छ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईको हस्ताक्षरित विज्ञप्तिमा यसबारे नेपाल सरकार र शिक्षासम्बन्धी सरोकार राख्ने शिक्षामन्त्रालयमार्फत माग समेत राखिएको छ। इक्यानले छानबिनको निष्पक्ष छानबिन गर्न कूटनीतिक पहल गर्नुपर्ने, छात्राको परिवारलाई न्याय दिलाउन भारतसमक्ष आधिकारिक वार्ता गर्नुपर्ने, केआईआईटी विश्वविद्यालयका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्ने र विश्वविद्यालयले विद्यार्थीसँग माफी माग्दै नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने माग राखेको छ।
यता कोरियन एजुकेसनल कन्सल्टेन्सी एजुकेसन अफ नेपाल (केक्यान)ले पनि यस घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। केक्यानका अध्यक्ष गणेश शर्माले घटनाको निष्पक्ष छानबिन हुनपर्ने र नेपाली विद्यार्थीको सुरक्षाबोध विश्वविद्यालयले गराउनुपर्ने बताएका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
३.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...




