मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

प्रकृति लम्साल मृत्यु प्रकरण ; केआईआईटीका २ कर्मचारी बर्खास्त, वरिष्ठ प्रशासनिक अधिकारीसहित ३ निलम्बित

प्रकृति लम्साल मृत्यु प्रकरण ; केआईआईटीका २ कर्मचारी बर्खास्त, वरिष्ठ प्रशासनिक अधिकारीसहित ३ निलम्बित

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन ६, २०८१

  • 173
    SHARES
प्रकृति लम्साल मृत्यु प्रकरण ;  केआईआईटीका २ कर्मचारी बर्खास्त, वरिष्ठ प्रशासनिक अधिकारीसहित ३ निलम्बित
मृतक प्रकृति लम्साल। तस्बिर : समिक बडाल

काठमाडौं। भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड निलम्बनमा परेका छन्।

केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ।

‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन्। दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ। दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ’,कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न उर्दी जारी गरेको थियो।

विद्यार्थीले विश्वविद्यालय छाड्न नमानेपछि ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छाडिएको थियो। नेपाली विद्यार्थीमाथि लछारपछार गर्दै कुटपिटसमेत भएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology