बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

युगान्डासँग खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा, युवा खेलाडी समेटिदा परिनन् सीता

युगान्डासँग खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा, युवा खेलाडी समेटिदा परिनन् सीता

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन ६, २०८१

  • 69
    SHARES
युगान्डासँग खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा, युवा खेलाडी समेटिदा परिनन् सीता

काठमाडौँ। युगान्डामा हुने मैत्रीपूर्ण खेलका लागि इन्दु वर्माको नेतृत्वमा १८ सदस्यीय प्रारम्भिक महिला क्रिकेट टोली घोषणा भएको छ।

युगान्डा क्रिकेट संघको आयोजनामा फागुन २२ गतेदेखि चैत ४ गतेसम्म (मार्च ६ देखि १७) मैत्रीपूर्ण खेल हुँदैछ। टोलीमा युवा खेलाडीको बर्चस्व छ। यसअघि यू १९ विश्वकप खेलेको खेलाडी रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, अलिसा कुमारी यादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी समेटिएका छन्। यता, लामो समय टिममा रहेकी अलराउन्डर सीता राना मगर प्रारम्भिक टोलीमा छैनन्।

नेपालको प्रारम्भिक टोली :

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनीषा कुमारी उपाध्याय, सवनम राई, ईश्वरी विष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा, सीमाना केसी


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology