
काठमाडौँ। भक्तपुर एक युवा मृत भेटिएका छन्।चाँगुनारायण नगरपालिका ४ खोरिया जारीगाउँमा बस्ने १९ वर्षीय निरोज लामा मंगलबार मृत भेटिएका हुन्।
उनी सोही ठाउँका स्थानीय २१ वर्षीय बादल तामाङको घरमा बिहान ३ बजे आइ छुट्टाछुट्टै कोठामा सुतेका थिए। ढिलासम्म नउठेपछि साथीले बोलाउन जाँदा मृत भेटिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।