
काठमाडौँ। आज प्रजातन्त्र दिवस। विभिन्न खुला ठाउँमा कार्यक्रम हुँदैछन्। आजको दिन पानी परेमा कार्यक्रममा असर पर्ने सम्भावना छ। यता मौसम पूर्वानुमान महाशाखाले पनि केही स्थानमा पानी पर्ने बताएको छ। कोशी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका थोरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।
आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।