बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

कांग्रेस एमालेमा तानाशाह प्रवृत्ति छ : माधव नेपाल

कांग्रेस एमालेमा तानाशाह प्रवृत्ति छ : माधव नेपाल

  • खबर सेवा

  • बुधबार, फाल्गुन ७, २०८१

  • 60
    SHARES
कांग्रेस एमालेमा तानाशाह प्रवृत्ति छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काङ्ग्रेस-एमाले गठबन्धन दुई दलीय तानाशाहतर्फ अग्रसर भइरहेको बताएको छ। अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमार्फत वर्तमान सत्ता गठबन्धन दुई दलीय तानाशाह लाद्न अग्रसर भएको आरोप लगाएका हुन् ।

वर्तमान सरकार निरङ्कुश र स्वेच्छाचारी ढङ्गले अघि बढेको भन्दै नेपालले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘अहिलेको गठबन्धन सरकार देश र जनताको हितमा छैन । यो निरङ्कुश एवं स्वेच्छारी ढङ्गले चल्दैछ । वर्तमान सत्ता गठबन्धनबाट मुलुमा दुई दलीय तानाशाही लाद्ने प्रयत्न भइरहेको छ ।’

अध्यक्ष नेपालले सरकार जनताको पक्षमा नभएर भूमाफियाको पक्षमा रहेको आरोप पनि लगाएका छन् । सरकारले ल्याएको भूमीसम्बन्धि अध्यादेश त्यसकै उपज रहेको उनको मत छ । ‘जग्गा दललाई हदबन्दीभन्दा बढी जग्गा बेच्न दिने तथा अव्यवस्थित बसोबासका नाममा सरकारी वा सार्वजनिक जग्गा कब्जा गरी बसेकालाई सित्तैमा जग्गा दिने प्रावबाधनबाट सरकार आम नेपाली जनताको पक्षमा होइन दलाल व्यापारी र भूमाफियाको पक्षमा छ भन्ने कुरा अध्यादेशका प्रावधानले देखाउँछ,’ राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology