बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

केआईआईटीको व्यवहार र प्रकृति लम्सालको मृत्यु भएको विषयप्रति समाजवादी अखिलको प्रदर्शन

केआईआईटीको व्यवहार र प्रकृति लम्सालको मृत्यु भएको विषयप्रति समाजवादी अखिलको प्रदर्शन

  • खबर सेवा

  • बुधबार, फाल्गुन ७, २०८१

  • 64
    SHARES
केआईआईटीको व्यवहार र प्रकृति लम्सालको मृत्यु भएको विषयप्रति समाजवादी अखिलको प्रदर्शन

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा घटेको घटनाको विरोधमा नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले प्रदर्शन गरेको छ ।

ओडिसास्थित केआईआईटी कलेजमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र उनको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दमन, दुर्व्यवहार र निस्कासनको विरोधमा अखिल (समाजवादी) केन्द्रीय समितिले विरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शनमा अखिल (समाजवादी)ले घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारबाही तथा न्यायको माग गरिरहेका नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कार्वाही गर्न र होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पुर्ण नेपाली विद्यार्थीहरूलाई ससम्मान होस्टेल फिर्ता गराई पठनपाठनमाको व्यवस्था गर्न माग गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology