बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

‘तराई–मधेस जागरण अभियान’ अघि बढाउँदै माओवादी

‘तराई–मधेस जागरण अभियान’ अघि बढाउँदै माओवादी

  • खबर सेवा

  • बुधबार, फाल्गुन ७, २०८१

  • 58
    SHARES
‘तराई–मधेस जागरण अभियान’ अघि बढाउँदै माओवादी

काठमाडौँ। नेकपा माओवादी केन्द्रले तराईका जिल्लाहरूमा अभियान सञ्चालन गर्ने भएको छ। ‘तराई–मधेस जागरण अभियान’ नाम दिएर माओवादीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको कार्यक्रम सार्वजनिक गरेको हो।

पार्टीलाई स्थानीयस्तरसम्म जोड्न, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध स्थापित गर्न तथा जनताबाट सुझाव संकलन गर्न भन्दै माओवादीले फागुन १२ देखि चैत ७ सम्म कार्यक्रम गर्न लागेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहने अभियान टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मीहरू रहने छन्।

अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट आदि हुने जनाइएको छ। अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ। विहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा जारी सर्कुलरमा उल्लेख छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology