बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटना, एकको मृत्यु

जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटना, एकको मृत्यु

  • खबर सेवा

  • बिहिबार, फाल्गुन ८, २०८१

  • 24
    SHARES
जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटना, एकको मृत्यु

काठमाडौ। जन्ती पुर्‍याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology