बुधबार, चैत्र १२, २०८१
English
Follow us:

वामपन्थी नेता विदुर सापकोटाको निधन

वामपन्थी नेता विदुर सापकोटाको निधन

  • खबर सेवा

  • बिहिबार, फाल्गुन ८, २०८१

  • 54
    SHARES
वामपन्थी नेता विदुर सापकोटाको निधन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालका अनुसार उनको बिहीबार बिहान ३ः२५ बजे काठमाडौंको हेल्पिङ ह्यान्ड्स अस्पतालमा निधन भएको हो।

ज्वरो आएपछि सापकोटा गत फागुन ४ गते अस्पताल भर्ना भएका थिए। २०२२ साल भदौ २२ गते जन्मिएका सापकोटा नेकपा ९एमाले० काभ्रेपलाञ्चोकको १४ वर्ष पार्टी प्रमुख भएका थिए।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए। त्यसअघि तीन पटक उम्मेदवार भए पनि चुनाव जित्न भने सकेका थिएनन्।

काभ्रेका पुराना वामपन्थी नेता सापकोटा एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए। उनी एकीकृत समाजवादीको पोलिटब्युरो तथा बागमती प्रदेशको सहइन्चार्जसमेत थिए। ५९ वर्षीय सापकोटाका एक छोरी छिन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology