मुख्य समाचार

राजेन्द्र महतो ताप्लेजुङमा

काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोध पदयात्रा सम्पन्न भएको छ ।

यस पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए । पदयात्रामा अध्यक्ष महतोसहित पार्टीका नेता रमन पाण्डेय, अनुप सुब्बा, सीएम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारीलगायत स्थानीय नेता–कार्यकर्ता, मुकुम्लुङ केबलकार सङ्घर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागिता थियो ।

यस पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले जनाएको छ । सहभागीहरूले सो परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएको अध्यक्ष महतोले बताए ।

अध्यक्ष महतोले भने ‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन । जबसम्म केबलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो सङ्घर्ष जारी रहनेछ ।’

नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेको उनले बताए । राज्यले आफूहरूको कुरा नसुने आन्दोलन थप सशक्त बनाइने चेतावनी उनले दिएका छन् ।

केबलकार परियोजनाले स्थानीय धार्मिक स्थलहरूमा हस्तक्षेप गर्न सक्ने खतरा रहेको त्यहाँका स्थानीयहरू चिन्ता व्यक्त गरेका छन् । केबलकार परियोजनाको कार्यान्वयन भएमा यसले पर्यटन प्रवर्द्धन गर्न सक्ने सम्भावना रहेपनि त्यसले स्थानीय संस्कृति र सभ्यतामा पर्ने नकारात्मक प्रभावलाई लिएर स्थानीयवासीहरू चिन्तित रहेको बताउँछन् ।

यस पदयात्राले मुकुम्लुङ क्षेत्रमा केबलकार परियोजनाको विरोधमा स्थानीयवासी तथा राष्ट्रिय नेताहरूको एकजुट देखाएको छ । नेपाल सरकारलाई परियोजना रोक्न अनुरोध गर्दै स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय

कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय

काठमाडौं । काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्बाचन समन्वय कार्यालय खोल्नुभएको छ। आजबाट काठमाडौंको बिशालनगरमा निर्बाचन समन्वय...

सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन

सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर...

सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः ओली

सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ। बुधवार गृह...

सर्लाहीमा प्रतिनिधि सभा निर्वाचन: १३३ उम्मेदवारले मनोनयन दर्ता गरे

सर्लाहीमा प्रतिनिधि सभा निर्वाचन: १३३ उम्मेदवारले मनोनयन दर्ता गरे

सर्लाही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल १३३ जनाले...