बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 56
    SHARES
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार सुरु हुँदैछ। बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा बिहान ११ बजे सुरु हुने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो बैठकले तय गरेका एजेण्डामा छलफल गर्ने कार्यसूची छ। अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत भएको अध्यादेश र समसामयिक प्रस्ताव बैठकमा प्रस्तुत हुनेछन्।

बैठक दुई दिन चल्ने एकीकृत समाजवादीले जनाएको छ। बिहीबार सुरु हुने भनिएको बैठक पोलिटब्यूरो सदस्य विदुर सापकोटाको निधन भएपछि स्थगित गरिएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology