खेलकुद

प्रधानमन्त्री कप फागुन २५ देखि, सबै खेल काठमाडौँबाहिर हुने

काठमाडौँ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२५ को तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुनेछन् । प्रतियोगिताका खेलहरू भैरहवास्थित सिद्धार्थ रंगशाला, एक्ट्राटेक ओभल र दाङस्थित लमही क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म सञ्चालन हुनेछ । तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । पहिलो दिन सिद्धार्थ रंगशालामा कोसी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, एक्स्ट्राटेकमा वाग्मती प्रदेशले एपीएफको सामना गर्दा लमहीमा कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने छ ।

प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने क्यानले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीयसहित कुल १० टोलीले सहभागिता जनाउने छन् ।

सम्बन्धित समाचार

‘नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ’: पारस खड्का

‘नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ’: पारस खड्का

मुलपानी र कीर्तिपुरको झल्को दिने गरी मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूका बीच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली...

आईसीसी टी २० विश्वकप : ३ खेल हुँदै

आईसीसी टी २० विश्वकप : ३ खेल हुँदै

काठमाडौँ। आईसीसी टी २० विश्वकपमा आज तीन खेल हुँदैछ। दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ। पहिलो खेलमा...

जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो

जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो

काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...

टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित

टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित

काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...