
काठमाडौँ। काठमाडौं महानगरपालिका–१३, पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट शुक्रबार एकजनाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउँपालिका–५ का ५५ वर्षीय साने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौंकै नागार्जुन नगरपालिका–१०, स्युचाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार, पक्राउ गरी आजै ९फागुन ९० थप अनुसन्धान तथा कारबाहीका निम्ति गुरुङलाई प्रहरी वृत्त कालीमाटीमा पठाइएको छ । रासस