बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

७ महिनामा बढेको व्यापार घाटा : एक खर्ब २७ अर्बको निर्यात, ९ खर्ब ८८ अर्बको आयात

७ महिनामा बढेको व्यापार घाटा : एक खर्ब २७ अर्बको निर्यात, ९ खर्ब ८८ अर्बको आयात

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 51
    SHARES
७ महिनामा बढेको व्यापार घाटा : एक खर्ब २७ अर्बको निर्यात, ९ खर्ब ८८ अर्बको आयात

काठमाडौँ।  चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा वस्तु तथा सेवा निर्यातबाट प्राप्त हुने रकम ४६.५० प्रतिशतले बढेको छ।

उक्त अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार, गत आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

पछिल्लो सात महिनामा नौ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात १० प्रतिशतले बढेको छ । गत वर्षको माघ मसान्तसम्म आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

गत वर्षको माघ मसान्तसम्मको तुलनामा व्यापार घाटा पनि बढेको छ । सात महिनाको अवधिमा व्यापार घाटा आठ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ रहेको विभागले जनाएको छ । गत वर्षको माघ मसान्तसम्म आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ व्यापार घाटा थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology