
काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय वैदामका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक(डीएसपी) सन्तोष निरौँला माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
अभियुक्त पक्राउदेखि सामाजिक अभियान चलाउने काम प्रभावकारीरूपमा सञ्चालन गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।
निरौलाको नेतृत्वमा माघ महिनामा १४ लाख ७४ हजार चोरी भएको घटनाका दुई अभियुक्त पक्राउ गर्ने र ५ करोड लागतको ढुंगा दिने प्रलोभन देखाइ १३ लाख ठगी गर्ने ३ जनालाई पक्राउ गरिएको थियो।
साथै, समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत घरघरमा नेपाल प्रहरी अभियान सुभारम्भ कार्यक्रम २०८१ र सुरक्षित तथा अभिलेखयुक्त यात्रा विवरण ट्रयाक्सी यात्रु, लकबुक शुभारम्भ कार्यक्रम २०८१ सञ्चालन गरी प्रहरीको छवि उच्च बनाएकोमा उत्कृष्ट घोषित गरेका हुन्।