शिक्षक महासंघसँग हातेमालो गर्दै आन्दोलनमा जाँदैछन् यी १५ संगठन
काठमाडौँ। विद्यालय शिक्षा विधेयक संसद्मा पारितको माग राख्दै नेपाल शिक्षक महासंघ यसअघि नै आन्दोलनमा होम्मिसकेको छ। चरणबद्ध आन्दोलन गर्ने भन्दै महासंघले स्थानीयदेखि केन्द्रका सम्मका छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम अघि बढाएको छ। यसअघिसम्म सम्म अन्योलमा रहेको एमाले निकट अखिल शिक्षक संगठन पनि आन्दोलन जाने निश्चित भएको छ। शिक्षकहरू यही हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित गराउने दबाबमा छन्। यसैबीच शिक्षक महासंघमा आबद्ध १५ वटा घटक संघसंगठनले निर्णायक आन्दोलनमा जाने बताएका छन्। उनीहरूले संयुक्त रूपमा विद्यालय शिक्षाको विकास र शिक्षक–कर्मचारीको पेसागत हकहितका लागि आन्दोलनमा जुट्न अपिल गरेका हुन्।
गत माघ २० गते चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले शुक्रबार सबै शिक्षा विकास तथा समन्वय एकाइमा खबरदारी जुलुशसहित ध्यानाकर्षणपत्र बुझाएर विरोधसभा गर्दैछन्। अपिलपत्रमा भनिएको छ, ‘पटकपटक आन्दोलन भई सरकारसँग महत्त्वपूर्ण सहमति भएका छन्। विगतमा भएका ती सबै सहमतिलाई कार्यान्वयनका लागि एक पटक फेरि आन्दोलन गर्नुपर्ने अवस्था हाम्रासामु आइपरेको छ। त्यसैले विगतका सबै सहमतिहरू सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक(कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ नयाँ आन्दोलनको थालनी भई सकेको छ।’
महासंघमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, राष्ट्रिय शिक्षक मञ्च, संघीय शिक्षक फोरम, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी शिक्षक फोरक लोकतान्त्रिक, लोकतान्त्रिक शिक्षक युनियन, नेपाल राष्ट्रिय शिक्षक परिषद्, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद् आबद्धरसम्बद्ध छन्।

ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...
जलवायुजन्य प्रकोपको उच्च जोखिमका विद्यालयहरु उत्थानशीलतामा अग्रसर
विपद्को उच्च जोखिममा रहेका समुदायका विद्यार्थीका लागि शैक्षिक सत्र अक्सर बाढी, तातो लहर तथा शीतलहरका कारण प्रभावित हुने गर्दछ...
१५–१९ वर्ष समूहका प्रत्येक चारमध्ये एक जना विद्यालय बाहिर
काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत दुई वटा प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलवार...




