बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

रविले सहकारी ठगेकै हुन् : शेखर कोइराला

रविले सहकारी ठगेकै हुन् : शेखर कोइराला

  • खबर सेवा

  • शनिबार, फाल्गुन १०, २०८१

  • 42
    SHARES
रविले सहकारी ठगेकै हुन् : शेखर कोइराला
डा‍.शेखर कोइराला। तस्बिर : फेसबुक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताए।

तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताए। मानव अधिकारका कुरा नबुझ्नेहरु कांग्रेसी नहुने उनको तर्क छ। सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समयअघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्‍याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताए।

उनले सुरक्षा चुनौती भए किन चितवन लगेकोरु भन्दै प्रश्न गरे। उनले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गरे।

उनले भने, ‘कांग्रेसीहरुले जबसम्म मानव अधिकारका कुराहरु बुझ्दैनौँ तबसम्म हामी काँग्रेसी हुँदैनौँ। ठगेको छ उसले। उसले सजाय पाउनुपर्छ। तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा। र पुलिसले, गृह मन्त्रालयले यो भन्ने कि हामी प्रोटेक्शन लिन सक्दैनौँ। किन लगेको थियो तरु प्रोटेक्शन दिन सक्दैन भने चितवनमा?’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology