बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

कुम्भमेलाबाट फर्किएको गाडी दुर्घटना हुँदा सप्तरीका ४ जनाको मृत्यु, छ घाइते

कुम्भमेलाबाट फर्किएको गाडी दुर्घटना हुँदा सप्तरीका ४ जनाको मृत्यु, छ घाइते

  • खबर सेवा

  • शनिबार, फाल्गुन १०, २०८१

  • 55
    SHARES
कुम्भमेलाबाट फर्किएको गाडी दुर्घटना हुँदा सप्तरीका ४ जनाको मृत्यु, छ घाइते

भारतको कुम्भमेलाबाट घर फर्किएका सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने छ घाइते भएका छन्।

उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए ।

सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।

तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज प्रस्थान गरेका वडाध्यक्ष चौधरीले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology