बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

परराष्ट्रमन्त्री जेनेभातिर

परराष्ट्रमन्त्री जेनेभातिर

  • खबर सेवा

  • शनिबार, फाल्गुन १०, २०८१

  • 47
    SHARES
परराष्ट्रमन्त्री जेनेभातिर

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार (फागुन १०) स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे। यही फागुन १२ देखि १४ गतेसम्म उक्त उच्चस्तरीय सत्र आयोजना हुँदैछ। त्यसमा मन्त्री डा। राणाले फागुन १२ गते सम्बोधन गर्नेछिन्।

भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीका साथै संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा अरू विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology