बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

११ जना घाइते हुनेगरी झडप भएपछि ताप्लेजुङमा निषेध आदेश जारी

११ जना घाइते हुनेगरी झडप भएपछि ताप्लेजुङमा निषेध आदेश जारी

  • खबर सेवा

  • आइतवार, फाल्गुन ११, २०८१

  • 48
    SHARES
११ जना घाइते हुनेगरी झडप भएपछि ताप्लेजुङमा निषेध आदेश जारी

काठमाडौँ। ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार साँझ फुङलिङमा झडप हुँदा ८ प्रहरी र आन्दोलनरत पक्षका ४ जना घाइते भएको घटनापछि ताप्लेजुङमा निषेध आदेश जारी गरिएको छ। थप घटना नघटोस् भन्नका लागि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ बजार र काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा निषेध आदेश जारी गरेका छन्।

अर्को आदेश नभएसम्म ती क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शनजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ।

शनिबार आन्दोलनरत पक्षले साँझ राँके जुलुस गर्ने क्रममा वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको हो। झडपमा ११ जना घाइते भएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology