बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

गैरहाजिर रहेका १० सम्पर्कविहीन प्रहरीलाई सम्पर्कमा आउन अनुरोध

गैरहाजिर रहेका १० सम्पर्कविहीन प्रहरीलाई सम्पर्कमा आउन अनुरोध

  • खबर सेवा

  • आइतवार, फाल्गुन ११, २०८१

  • 63
    SHARES
गैरहाजिर रहेका १० सम्पर्कविहीन प्रहरीलाई सम्पर्कमा आउन अनुरोध

काठमाडौँ। नेपाल प्रहरीको एकजना सहायक हवलदारसहित १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयले माघदेखि सम्पर्कविहीन रहेका १० जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अनुरोध गरेर आइतबार सूचना जारी गरेको छ।

गैरहाजिर हुने सहायक हवलदारमा गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत कृष्ण कार्की छन्। त्यस्तै प्रहरी जवानहरू रन्जित श्रेष्ठ, खिमबहादुर केसी, विनम ज्ञाङमी, अस्मी तामाङ, प्रज्वल घर्तिमगर, शम्शेर घर्तीमगर, रेशम पुन, कृष्ण विक र प्रहरी कार्यालय सहयोगी जनक बहादुर गाईन छन्।

उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology