बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

बढ्यो नेप्से

बढ्यो नेप्से

  • खबर सेवा

  • आइतवार, फाल्गुन ११, २०८१

  • 43
    SHARES
बढ्यो नेप्से

काठमाडौँ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक बढेको छ। यसदिन नेप्से ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आइतबार ११ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३२८ वटा धितोपत्रको दुई करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच भएको हो। आइतबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८० रूपैयाँ २० पैसा कायम भएको छ। यस्तै, कुमारी सबल योजनाको मूल्य ९।९४ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६२ पैसा पुगेको छ। आइतबार रिलायन्स फाइनान्सको मूल्य सर्वाधिक ७।२४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०७ रूपैयाँ ६० पैसामा झरेको छ।

यस्तै, उपकार लघुवित्तको मूल्य ६।७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य चार हजार ९८६ रूपैयाँ कायम भएको छ। आइतबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology