बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने

नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने

  • खबर सेवा

  • आइतवार, फाल्गुन ११, २०८१

  • 49
    SHARES
नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । सो बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै २१ दिनको लागि ३० अर्ब रुपैयाँ थप निक्षेप संकलनको लागि बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकले आज ३ बजेभित्र नै अनलाईन बिडिङमार्फत् बोलकबोल गर्नुपर्ने जनाएको छ । जसको सावाँ ब्याज भुक्तानी चैत ३ गते हुने सूचनामा उल्लेख गरिएको छ । बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सूचनाअनुसार सो निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology