खेलकुद

म्यानमारविरुद्ध ३ खेलाडी परिवर्तन गरेर मैदान उत्रदै नेपाल, एन्जिला र रेखालाई आराम

काठमाडौँ। अन्तराष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ३ परिवर्तन गरेको छ।

म्यानमारविरुद्धको मैदान उत्रने टोलीको कप्तानको जिम्मेवारी मिडफिल्डर रेनुका नगरकोटीलाई दिइएको छ भने साविक कप्तान एवं गोल किपर एन्जिला तम्बोफो सुब्बालाई आराम दिइएको छ।

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अघिल्लो खेल बेन्चमा बसेकी अञ्जना राना मगरलाई गोलपोष्टको जिम्मा दिएका छन्। यता फरवार्ड लाइन रेखा पौडेललाई बेन्चमा राखेर रश्मिकुमारी घिसिङलाई उतार्ने योजना तामाङको छ।

पहिलो खेलमा निर्णायक गोल गरेकी मिडफिल्डर विमला चौधरीलाई अराम दिँदैसरु लिम्बु उतारिएको छ। अन्य सदस्य भने साविककै राखिएको छ।

सम्बन्धित समाचार

टी २० विश्वकप : स्कटल्यान्डमाथि जित निकाल्दै नेपालको यात्रा सुखद अन्त्य

टी २० विश्वकप : स्कटल्यान्डमाथि जित निकाल्दै नेपालको यात्रा सुखद अन्त्य

काठमाडौँ। नेपालले टी २० विश्वकपमा १२ वर्षपछि जित निकालेको छ। आइसिसी टी(२० विश्वकप २०२६ अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ७...

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य...

स्कटल्यान्डविरुद्ध बलिङमा नेपाल

स्कटल्यान्डविरुद्ध बलिङमा नेपाल

काठमाडौं। आईसीसी टी-२० विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि...

टी २० विश्वकप २०२६ : अन्तिम खेल खेल्दै नेपाली टोली

टी २० विश्वकप २०२६ : अन्तिम खेल खेल्दै नेपाली टोली

काठमाडौँ। आइसिसी टी २० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ। समूह ‘सी’मा रहेको नेपालले मंगलबार चौथो...