
काठमाडौँ। सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल हारबाट जोगिएको छ। आजको खेलको उत्कृष्ट खेलाडी पनि साम्बा नै भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्।
त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगियो। बराबरीसँगै नेपाल र मयानमारले एकरएक अंक बाँडे।
खेलको ६ मिनेमै पछि परेको नेपाललाई ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्कियो। सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्।
फेरि म्यानमारले गोल हानेर अग्रता बनायो। खेलको २७ औँ मिनेटमा साम्बाको फ्री किक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। तर खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि खेलमा फर्किएको हो। प्रीति राईको पासमा साम्बाले बललाई पोस्टको जाली चुमाएकी थिइन्।