
काठमाडौं। भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।
कोहलीले २८७ औं इनिङमा १४ हजार एकदिवसीय रनको कोशेढुङ्गा पूरा गरेका हुन्। कोहलीले कम इनिंगमा १४ हजार रन बनाउने किर्तिमान बनाएका छन्। यसअघि भारतकै सचिन तेन्दुलकरले ३५० इनिंगमा र श्रीलंकाका कुमारा संगाकाराले ३८७ इनिंगमा १४ हजार रन पुरा गरेका थिए। साथै कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन्। यसअघि सचिन र कुमारा संगाकाराले १४ हजार रन बनाएका थिए ।
जुन २०१७ मा १७५ इनिङमा ८००० एकदिवसीय रन पूरा गरेदेखि उनी यस्ता प्रत्येक १००० रनको कोशेढुङ्गा सबैभन्दा छिटो पूरा गर्ने खेलाडी बनेका छन्।