बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

सिटीमाथि लिभरपुलको सानदार जित

सिटीमाथि लिभरपुलको सानदार जित

  • खबर सेवा

  • सोमवार, फाल्गुन १२, २०८१

  • 50
    SHARES
सिटीमाथि लिभरपुलको सानदार जित

काठमाडौँ। प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले म्यानचेस्टर सिटीमाथि सहज जित निकालेको छ। गएराति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा लिभरपुरले २–० को सहज निकालेको हो।

जितसँगै शीर्षस्थानको लिभरपुलले ११ अंकको स्पष्ट अग्रता बनाएको छ। योसँगै लिभरपुल २० औँ इङलिस उपाधि जित्नका लागि तयार देखिएको हो। लिभरपुलले २७ खेलबाट ६४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। लिभरपुलभन्दा एक खेल कम खेलेको आर्सनल ५३ अंकमा दोस्रो स्थानमा छ।

सिटीविरुद्धको खेलमा मोहम्मद सलाह र डोमिनिक सोबोस्लाइको प्रर्दशन उच्च रह्यो। लिभरपुलका दुवै गोलमा यी दुई खेलाडीको भूमिका विशेष रह्यो। खेलको १४ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। सलाहले डोमिनिकको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

खेलको ३७ औँ मिनेटमा डोमिनिकको गोलमा लिभरपुलले अग्रता दोब्बर पार्यो। उनले सलाहको पासमा नै बललाई पोस्को गति दिएका थिए। गएराति कै अर्को खेलमा न्युक्यासल युनाइटेडले नटिङघम फरेस्टमाथि ४–३ को जित दर्ता गरेको छ।

न्युक्यासलले चारै गोल पहिलो हाफमा गरेको हो। नटिङघमले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थप्दा पनि टोलीको हार टार्न सकेन।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology