बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

  • खबर सेवा

  • सोमवार, फाल्गुन १२, २०८१

  • 59
    SHARES
प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसदअन्तर्गत आज (सोमबार) दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन आव २०८०/८१ पेस हुने कार्यसूची छ ।

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने छन् । उक्त प्रस्तावमाथि दयालबहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेलगायत कार्यसूची छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology