शुक्रबार, मंसिर १९, २०८२
English
Follow us:

बाबुरामको नयाँ शक्तिले तोक्यो छ आयोग र छ विभागका प्रमुख

बाबुरामको नयाँ शक्तिले तोक्यो छ आयोग र छ विभागका प्रमुख

  • खबर सेवा

  • सोमवार, फाल्गुन १२, २०८१

  • 126
    SHARES
बाबुरामको नयाँ शक्तिले तोक्यो छ आयोग र छ विभागका प्रमुख

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पार्टीका विभिन्न आयोग र विभागीय प्रमुख तोकेको छ। आइतबार नेसपा (नयाँ शक्ति)ले ६ वटा आयोग र ६ वटा विभागमा प्रमुख तोकेको हो।

सल्लाहकार परिषद् आयोगको प्रमुख भक्तबहादुर शाह, विज्ञ परिषद् हिसिला यमि, अनुशासन आयोगमा मोति रिजाल, निर्वाचन आयोगमा रामकुमार पुरी, लेखा आयोग डा। जनक शाह, पुनरावेदन समितिमा विष्णुहरि शर्मा प्रमुख तोकिएको छन्। त्यस्तै प्रशिक्षण विभाग प्रमुखमा अध्यक्ष बाबुराम भट्टराई, संगठन विभाग प्रमुखमा महासचिव सोनामसिंह स्याङ्तान, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा उपाध्यक्ष मानुषी यमि भट्टराई, प्रवक्ता एवं प्रचारप्रसार विभागमा कृष्ण शर्मा, सामाजिक अभियान एवम् जनपरिचालनमा जीएस गुरूङ र आर्थिक व्यवस्थापन हरि रिजाल प्रमुख तोकिएका छन्।

कार्यालय प्रमुखको जिम्मेवारी अर्जुन थपलिया तोकिएका छन्। त्यस्तै पार्टीको नौ वटै प्रदेशका उत्प्रेरक तोकिएको छ।

कोशी प्रदेशमा भरत दाहाल, मधेसमा उमेश साह, बागमता आशाकुमारी तामाङ, गण्डकीमा फणिन्द्र देवकोटा, लुम्बिनीमा हरि रिजाल, कर्णालीमा टेकम बाठा मगर, सुदूरपश्चिममा दुर्गा सोब, प्रवासमा मानुषी यमि भट्टराई र भारत प्रवासमा लक्ष्मण कार्की तोकिएका छन्। आंगिक संगठनहरूका पनि प्रमुख तोकिएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology