
काठमाडौँ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ मदारबाबा मेला दर्शन गएका आएका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । त्रिवेणीको महलबारी नजिकै बाटोको छेउमा भारतको उत्तर प्रदेश स्थित महाराजगञ्जको गोरखपुर वस्ने वर्ष ५५ का जगदिश यादव लडी बेहोसी अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि पृथ्विचन्द्र अस्पताल परासी लगिएकोमा गएराति साढे ९ बजेतिर अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा रहेको प्रहरीले जनाएको छ ।