
काठमाडौँ। नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक बसन्त कुँवरले बाँकेको कोहलपुरमा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गरेका छन्।
प्रहरी महानिरीक्षक कुँवरको प्रमुख आतिथ्यता एवं नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्की र बाँके जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो।
कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु, पूर्वप्रहरी कर्मचारी, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष, विभिन्न स्थानीय तहका जन प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवं पदाधिकारीहरु, मिडियाकर्मी लगायतको उपस्थिति थियो।