अर्थ

नेप्सेमा सुधार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि झिनो अंकले बढेको छ । ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको २ करोड ११ लाख १० हजार ६१९ कित्ता कारोबार हुँदा आज नेप्से ३.३५ अंकले बढेको हो।

सोमबार सामान्य सुधार भएको नेप्सेमा बैंकिङ, लगानी, म्यानुफ्याक्चरिङ र अन्य समूह बाहेक सबैको सूचक घट्न पुगेको छ । आज कारोबार गरेका कम्पनीमध्ये ९२ वटाको शेयर मूल्य वृद्धि भएको भयो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । साथै ९ वटा कम्पनीको शेयर मूल्य यथावत् रहेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा गार्डियन माइक्रो लाइफ इन्सुरेन्सका कारोबारीले सबैभन्दा धेरै कमाउन सफल भए भने वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...