
गोविन्द पन्थी
केही समयअघि काम विशेषले दाङ जानुपर्ने थियो। बाटो खराब छ भन्ने जानकारी हुँदा जाने मन भयो। हिँड्ने जाँगर चलेकै कारण पनि जाने विचार आयो। साथमा एक सन्चारकर्मी पनि हुनुहुन्थ्यो।
नेपाल प्रहरीमा लामो समय काम गरेको भएकोले बाटोमा पर्ने प्रहरी इकाइ र कर्मचारीका कामकारबाहीबारे जानकारी लिने विचारमा सञ्चाकर्मी थिए।
प्रहरीको सेवाग्राहीसँगको व्यवहार मूल्यांकनको विषय हुने भए एकातिर थियो भने अर्कातिर अझ साथमा खोज पत्रकारिता गरिरहेका मित्र साथमै हुँदा झनै खुसी लाग्यो।
हिँड्ने क्रममा प्रहरीले मलाई चिन्दा उनीहरुको प्रतिक्रियाले सञ्चारकर्मी मित्र बहुत जिज्ञासु हुन्थे। किनकि उनले त्यसै मौकामा आफ्नो खोज पत्रकारितामा मसला ल्याउने प्रयास गर्थे। हामीले दाङको यात्रा तय गर्नु एकदिन अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष मा ६० प्रतिशत सम्पन्न भएको काम एक वर्ष मा ४० प्रतिशत कसरी सम्भव छ? ठेक्का तोड्नु को बिकल्पै छैन भनेका थिए। त्यो भनाइको प्रभाव पनि परेको देखियो।
नारायणगढ बुटवल सडक खण््डमा सयौ स्काभेटर कामदारसहित तल्लिन थिए। दाउन्ने पुग्दा धुलाम्यै बाटोमा रोकिनु पर्यो तर त्यो कामकै क्रममा रोकिएको रहेछ। रोकिँदा पनि दुखित हुनु परेन।
प्रहरी, जनता, चालकका कामकारबाही अवलोकन गर्दै आफुले लामो समय काम गरेको संस्थाका कर्मचारी को कृयाकलापमा जनताले तेर्साएको प्रस्न देख्दा दुःख लाग्थ्यो। त्यसरी जाँदै गर्दा ३ वटा प्रदेश प्रहरीका काम कारबाही अबलोकन गर्ने मौका पनि मिल्यो। पश्चिम नवलपरासीबाट दाङसम्म पुग्दा भने प्रहरीका कामकारबाहीमा धेरै भिन्नता महसुस भयो।
गाडी रोक्दा, चेकजाँच गर्दा सबैले नमस्कारसहित मुस्कानका साथ सेवा दिइरहेका थिए। यत्तिकैमा चन्द्रौटा पुग्दा एउटा सडक बालकलाई नम्बर नखुलेको सवारीले हान्दा बालकको मृत्यु भएको खबरले दुखित तुल्यायो। ठक्कर दिने सवारी खोज्ने क्रममा प्रहरीले गाडी रोकेको रहेछ।
संख्या धेरै हुँदा प्रहरीले जबाफ दिनै हम्मे परेको देखियो। फोर्स गाडीले हानेको भन्नेसम्म सीसीटीभीमा फुटेज आएको बुझियो। तर त्यस्तो ठूलो दुर्घटना घट्दा पनि अनुभवको कमीले होला सायद सबै सवारिनै रोक्दा चन्द्रौटाका प्रहरी प्रमुख चाहिँ सातै बजे सिभिल ड्रेसमा आफ्नो चेकिङ्ग चलाएको र सेवाग्राहीप्रति राजर्सीपारामा हप्काएको देखेपछि सन्चारकर्मी मित्रले अचम्म माने।
सिभिल ड्रेसमा रहेकी महिला प्रहरीसँग केही जिज्ञासा राख्दा उनी पनि हाकिमकै शैलीमा हप्काउन पुगिन्। उनले हप्ताएको भने सञ्चारकर्मी भाइले कैद गर्न भ्याएछन्। यहाँको प्रहरी कामकारबाही गैरब्यावसायिक देखिन्थयो। तर दाङको एउटा कार्यक्रममा भने संयोगले भन्सारका एक कर्मचारी भेट भए।
परिचय गर्दा गुल्मी घर भन्नासाथ लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीको नाम लिदै कहानी सुनाए। वेवारिसे गोरु पक्राउ गरेर प्रहरीले भन्सार पठाएको मा साब र हाम्रा हाकिम साबबीच कुरा भएछ कागजात मिलेर आएका थिए मैले गोरु प्रक्रिया मिलाएर लिलाम गरिदिए।
सर काठमाडौ जानुभएको मा ऋम्इ साब सङ्ग केकुन कानुन अनुसार बेवारिसे गोरु दुई दिनमै लिलामी भए रु अब बाटोमा भेटिएका सबै बेवारिसे चिज बस्तु लिलाम गर्नुस म सब प्रहरी इकाई लाई पठाउन लगाउछु भनेर गम्भीर असहमति जनाए पछि उहाँ ले मलाई म्क्ष्न सर लाई फोन गर्न भन्नू भएको रहेछ मैले के फोन गरेको थिए सरले फोनमै १० मिनट लेक्चर हान्नु भयो र मैले लिलाम भैसकेका गोरु का कागजात च्याथेर फाले सर।
पछि गोरु किसानलाई बितरण गरिएछ।धन्नै सरले मेरो जागिर धराप मा पारिदिनु भएन उहाँ त डेन्जर हुनु हुदो रहेछ भनेको सुन्दा यो सुन्दा सामान्य लागेपनी प्रहरी का हाकिमहरु प्राय गृहमन्त्रालयका सुब्बा सम्मलार्इ सम्मले जयनेपाल गरेर चाकडी गर्ने गरेको देखिएकै थियो तर त्यहा त साबलाई नै कानुन सिकाएर कानुन बमोजिम मात्र चल्ने र भैसकेको काम पनि च्याथेर बदल्ने बनाउनु भनेको चानचुने कुरा थिएन।
त्यो आफू नचुकेको र कुनै हालतमा जस्तोसुकै जोखिम मोलेर भए पनि कानुन कार्यान्वयन गरेरै छाड्छु भन्ने प्रतिज्ञाको परिणाम नै हो। सन्चारकर्मी मित्रले ल न सर त्यस्तो हिम्मतवाला म्क्ष्न् लाई भेटौ ।उहाँ लाई धन्यवाद भन्नू पर्छ त्यस्ताको पछि त तस्कर सरुवा पनि गराउन पक्कै लागेका होलान भन्दै गर्दा भेट्न खोज्दा उहाँ बुटवल झर्नु भएको सुचना मिल्यो।फर्कदा राजनीतिकर्मी, ब्याबसायीहरु भेट्दै फर्कने निधो गरियो।
तस्करी को अवस्था ,प्रहरी कामकारबाहीमा जिज्ञासा राख्दै आउदा राम्रो गरेका राजनीतिकर्मी जो जनताको माझमा लोकपृय छन उनिहरुबाट म्क्ष्न् दान कार्की प्रती सकारात्मक जबाफ मिल्यो भने अनियमितता मा रमाउने राजनितीकर्मी बाट भने म्क्ष्न् घमन्डी छन हामिले भनेको टेर्दैनन पनि भने? त्यस्तोमा सन्चारकर्मी मित्र ले के भन्दा के मान्नु भएन सर भनी सोध्दा नाका बाट ल्याइएका गोरु बाटोभरी छन् लैजान दिँदैनन्। यसो माननीयलाई लिएर भेट्न जादाँ पनि ठाडै जबाफ दिन्छ्न।
हामी त सरुवा गराइनुपर्यो भनेर पनि गयौ अहिले सम्म भएको छैन। घमण्डी रहेछन भन्ने प्रतिक्रिया सुन्दा हामी हास्यौ र समिक्षा गर्दै कस्तो छ है हाम्रो मुलुकका राजनितीकर्मी रु यस्तो तस्करी नियन्त्रण, शुसाशन र जनसेवा त उनीहरुको नै काम हुनु पर्ने? किनकी राजनिती सेवा नबनाएर जब पेशा बनाइन्छ हुने यस्तै हो अनित जनाअक्रोश ब्याप्त छ भन्दै भालाकुशारी गर्दै फर्कियौ।
जादा अलि रात परेको मा फर्कदा कपिलवस्तु जुनठाउ गोरु तस्करी को पहिलैदेखीको मुल थलो थियो ।त्यस ठाउँका प्रहरी कर्मचारी को कामकारबाही र ब्याबहार नियाल्दै फर्कने सल्लाह भयो ।कतिपय बाटोमा चिनजान भएका प्रहरीलाई सोधियो ,तस्करीको लाइन खुल्यौ रे के छ त भन्दै सोध्यौ पनि१ उनिहरुको जबाफ हामी त कसैले चिया खान जाउ भन्यो भने पनि म्क्ष्न् सर ले पठाएको मानिस होकि जस्तो लाग्छ सर।
हाम्रो कार्यालय प्रमुखसर को पनि प्रत्येक साता र महिनामा मुल्यांकन गर्न कार्ड पठाउनु भएको छ, प्रत्येक कार्यालय मा १० बुदे नागरिक प्रतिज्ञापत्र टासिएका छन।कस्ले कुन युनिट ले जित्ने भनेर विभिन्न सिलिङ तोक्नु भएको छ।यस्ता प्रदेश प्रमुख त आजसम्म देखिएको र भोगिएको थिएन हजुर। हाकिम ले पनि हामिसङ्ग नमाग्ने हुदा त हामिले पनि ढुक्क सङ्ग म्गतथ गर्न पाइएको छ।
काठमाडौ को धुलो धुवा त खानु परेको छैन भन्ने जबाफ मिल्यो भने नचिनेका स्थानमा समेत हामी सेवाग्राही भएर जादा नमस्कार के चाहियो सेवारु कहाँ बाट कहाँ जानेरु कागजपत्र त पक्कै ल्याउनुभएको होला।सिट बेल्ट बाध्नु होला हाइवेमा स्पिड धेरैहुदा दुर्घटना हुन सक्छ भनेर सन्देश मुलक उपदेश दिदै नमस्ते गरेर पठाइदा साच्चिकै आनन्द पनि आयो।
जब बुटवल आइपुग्न लागियो सन्चारकर्मी मित्र ले यस्तो प्रहरी प्रमुख त भेटेरै जाउ सर।उहाँलाई धन्यवाद दिनु पर्छ हामी नागरिक अझ सन्चारकर्मी को त राम्रो काम गर्ने को प्रशम्सा गर्ने र नराम्रो गर्नेको उजागर गर्ने धर्मै हो भनेपछी फोन गरियो।
तालिम केन्द्रमा नयाँ नियुक्ति प्रक्रिया चल्दै रहेछ केही समय कुराकानी गर्यौ र कुराकानिकै क्रममा दान कार्की सर लाई मैले राजस्व पनि हजुर आए पछि पक्कै फरक परे होला कति फरक आयो भनी सोध्दा ८०/८१ को माघ महिनामा ४,८९५,५४५० राजस्व छली पक्राउ गरिएको रहेछ भने ८१र८२ को माघ महिनामा सतप्रतिशत बृद्दी भै ९,०४,६५,३५० अवैध राजस्व छली वृद्धि भएको रहेछ भने फरार अभियुक्त ५७१ जना एकै महिनामा समातिएको जानकारी मिल्यो।जुन कुराले हामी आश्चर्य चकित भयौ जुन नेतृत्वले चाहदा भएको ठुलोमात्रा को सफलता हो।
सरलाइ यस्तै राम्रो र श्रृजनात्मक कामको निरन्तरता को सफलताको शुभकामना भनेर फर्कियौ।फर्कदा दुई दिनमै बाटो को प्रगती देख्दा गरे के नहुने रहेछ भन्दै आइयो।यस्को लागि प्रधानमन्त्री ले एक शब्द बोल्दा त आखिर हुने रहेछ त११ मिलिभगत हुदा नै हो काम नहुने भन्दै आइयो।बाटो मा गन्डकी प्रदेश र बाग्मती प्रदेश का प्रहरी कर्मचारी को ब्याबहार र लुम्बिनी प्रदेश का प्रहरी को ब्याबहार दाज्दै फर्कियौ।आखिर एउटै ब्यक्ती ले परिवर्तन गर्न खोज्दा एउटै तालिम गरेका प्रहरी मा कस्तो फरक पर्दो रहेछ।
सन्चारकर्मी मित्र ले प्रहरी नेतृत्वले कति फरक पार्दो रहेछ है सर भन्नू भयो। त्यो पक्कै पनि पर्दछ। प्रहरी मात्र सच्चियो भने ६० प्रतिशत शुसाशन आउँछ।
जुनकुरा लुम्बिनी प्रदेश को मात्र दुई महिनाको तथ्यांक ले प्रस्ट पार्छ। फेरि प्रहरीमा रहने हुदा उसलाई सुधार्न तुरुन्तै सकिन्छ जस्को उदाहरण आफ्नै आखाले हामिले लुम्बिनी प्रदेश मै देख्यौ नै।
तर यहाँ गर्न खोज्ने लाई नियोजितरुपमा म्बmबनभ गरिन्छ र तस्करी को बोलवाला गराइन्छ।त्यही उद्देश्य कै लागि राजनितीकर्मीले राम्रा ब्याबसायिक अधिकृत होइन कि आफ्ना एस म्यान अधिकृत को खोजी गर्छ्न ।अनि शुशासन को लन्का पिट्छन।अनि जनता को मुल्यांकनमा तिरस्कार पर्दछन र सामाजिक संजाल को माध्याम बाट१ जुन जनमत प्रकट भएकै छ१
तसर्थ वर्तमान प्रधानमन्त्रीज्युलाई मेरो सुझाव छ कि बिद्यमान कानुन, कर्मचारीतन्त्रको सोच र कार्यशैली यस्तै रहँदासम्म प्रधानमन्त्रीको कुर्चीमा बिष्णु भगवानलाई विराजमान गराए पनि हार खानेछन्। मैले सुधार गर्न सकिन भनी हारखाएर कुर्सी छाड्ने छन्।
तसर्थ तपाईंको सुधार गर्ने सोच बिचार हुदा पनि त्यो सम्भब नभएको हो।१४ बर्ष को लामो जेल जीवन बिताउनु भएको तपाईं , पटक पटक अप्रेसन गरेर नयाँ जीवन पाउनु भएको तपाईंलाई जीवनको उत्तरार्धमा पक्कै देशको लागि केही गरेर जाने इच्छा पक्कै छ।
त्यो तपाई ले बेला बेला ब्यक्त गर्ने गरेका कुरा बाटै बुझ्न सकिन्छ र तपाईले त्यही भएरै केही जनताले देख्ने र अनुभूति गर्ने गरि परिबर्तन ल्याउनु पर्छ भनेर नै हो।
ऐन कानुन पास गर्ने झन्झटिलो र लामो सम्सदिय प्रक्रिया को बाटो छाडेर अध्याधेश ल्याएको? तर नियम आफै कार्यान्वयनमा जाने त होइनन्? संरचनाले लैजानु नै पर्यो? तर यथास्थितिमा त्यो सम्भव प्राय छैन?
यही अवस्थामा त्यो तपाईंको इच्छा मृगतृष्णामा सिमित रहनेछ।त्यसैले तपाईले बोल्ड निर्णय गर्नुस् ताकी ६० प्रतिशत शुसाशन दिनसक्ने प्रहरी संगठनलाई मजबुत र भरपर्दो र जनसेवामा समर्पित तुल्याउन सक्नु हुनेछ र तपाईंले चाहेको र देखिने गरि परिबर्तन हुनेछ।
त्यसकोलागि प्रहरी का ७ राम्रो ब्याबसायिक छनोट गर्नुस र प्रदेशमा पठाउनुस्। आन्तरिक कामको गराएर नम्वरिङ गर्नुस र त्यसरी नै प्रहरी को प्रमुख नेतृत्व छनोट गर्नुस।यो प्रहरी को नेतृत्व फेरबदल हुने बेला पनि भएको छ।कुनै एस म्यानलाई प्रहरी नेतृत्वमा पुर्याउनु भयो भने तपाईहरुले भनेको कुरा त तामेल गर्छ जसरी आफैले चिट दिएका ब्यक्तिलाई अहिले आफै देशका विभिन्न शहर घुमाएजसरी तर त्यस्तो कार्यले जनता भने तपाईप्रति अर्थात सरकार प्रति नै दिनप्रतिदिन रुष्ट हुँदै जानेछन्?
राजनीतिक दलप्रतिको वितृष्णाले सुन्दर लोकतान्त्रिक व्यवस्था नै धर्मराउने छ त्यतिखेर सुधार गर्छु भन्दा पनि तपाईलाई समय अभाव हुने छ।
बेलैमा सोचौ।हाम्रो प्राकृतिक रुपले हराभरा देश लाई बिदेशिको परेड स्थल हुन बाट जोगाऔ। सुन्दर शान्त र सम्बृद्द देश बनाऔ।त्यसले नै तपाईंको बिगतको त्याग लाई इतिहास ले कैद गर्नेछ र एक हिम्मतिलो र गर्नसक्ने एवम जनपृय प्रधानमन्त्रीको पगरी गुथेर तपाईंको इतिहास लेखिनेछ।शुभकामना ।
लेखक पूर्व डीएसपी एवं अधिवक्ता