बुधबार, चैत्र १२, २०८१
English
Follow us:

प्रतिनिधिसभा बैठक : आमसञ्चार विधेयक र हवाई सेवा प्राधिकरण विधेयक पेस हुँदै

प्रतिनिधिसभा बैठक : आमसञ्चार विधेयक र हवाई सेवा प्राधिकरण विधेयक पेस हुँदै

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन १३, २०८१

  • 42
    SHARES
प्रतिनिधिसभा बैठक : आमसञ्चार विधेयक र हवाई सेवा प्राधिकरण विधेयक पेस हुँदै

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

मन्त्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। त्यस्तै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएकोआमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology