बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

नेप्सेमा हरियाली

नेप्सेमा हरियाली

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन १३, २०८१

  • 42
    SHARES
नेप्सेमा हरियाली

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ अङ्कले बढेर २७६५ दशमलव ८८ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१२ कम्पनीका ९७ हजार ५६२ पटकको कारोबारमा एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँ रहेको छ ।

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज गार्डियन माएक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology