‘होस्टेल ३’ ले कमायो ४ करोड ३२ लाख
काठमाडौँ। गत शुक्रबार रिलिज भएको फिल्म ‘होस्टेल ३’ का निर्माताले पहिलो साताको व्यापार सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबारसम्म ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको हो।
चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डीसीआर रिपोर्टको आधारमा आम्दानीको आँकडा निकालेको बताए। हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ। वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,’ उनले भने।
चलचित्रले काठमाडौँ उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ। यस चलचित्रलाई काठमाडौँमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
३.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...
प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्नुहुने
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत...
चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई (तस्बिरसहित)
काठमाडौँ। नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको...
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ...




