बुधबार, बैशाख १७, २०८२
English
Follow us:

पूर्वराजाप्रति प्रचण्डको अभिव्यक्ति ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ : राप्रपा

पूर्वराजाप्रति प्रचण्डको अभिव्यक्ति ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ : राप्रपा

  • खबर सेवा

  • शनिबार, चैत्र १, २०८१

  • 182
    SHARES
पूर्वराजाप्रति प्रचण्डको अभिव्यक्ति ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ : राप्रपा

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि ‘तुच्छ, अमर्यादीत, बिना प्रमाणको लाञ्छना’ लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोर भत्सना गरेको छ ।

‘राप्रपा मुकदर्शक भएर बस्ने छैन,’ भन्दै दाहाललाई यस किसीमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोयाउन राप्रपाले चेतावनी दिएको छ ।

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको वैठकको निर्णयमा यसो भनिएको छ ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए अनुसार आन्दोलन परिचालन समितिको निर्णयमा भनिएको छ, ‘चैत्र १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति घोर भत्सना गर्दछ ।’

‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्,’ राप्रपा आन्दोलन परिचालन समितिको ठहर छ । ‘परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology