सोमवार, बैशाख १५, २०८२
English
Follow us:

सिलिन्डर विस्फोट हुँदा तीन घाइते

सिलिन्डर विस्फोट हुँदा तीन घाइते

  • खबर सेवा

  • आइतवार, चैत्र २, २०८१

  • 57
    SHARES
सिलिन्डर विस्फोट हुँदा तीन घाइते

काठमाडौँ। धनगढी उपमहानगरपालिका ६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो।

घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका छन्। उनीहरूको हाल निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार, खड्काले जोशीको पसलबाट ग्यास ल्याएको र सिलिन्डर जडान गर्न जोशीलाई घरमै बोलाएकी थिइन्। सिलिन्डर जडान गर्ने क्रममा एक्कासी विस्फोट भएको बताइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology