
काठमाडौं । शुक्रबार नेपाली बजारमा उच्च विन्दुमा पुगेको सुनको मूल्य आज (आइतबार) भने घटेको छ। आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।
छापावाल सुन आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेको थियो। सुन तोलाको १ लाख ७४ हजा ५०० रुपैयाँमा कारोबार भएको थियो ।