
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज (शुक्रबार) दोस्रो दिन नेपाली विषयको परीक्षा हुँदैछ। बिहीबारबाट सुरु भएको एसईई परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा भयो।
देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिन थालेका हुन् । नेपाल बाहिर जापानमा रहेको एउटा केन्द्रमार्फत आज पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले छिटपुट केही घटनाबाहेक समग्रमा शान्तिपूर्ण रूपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको बताए ।