सोमवार, बैशाख १५, २०८२
English
Follow us:

अनुमतिबिना नै कार्यक्रम चलाउने विदेशी कम्पनी शिक्षा मन्त्रालयको कारबाहीमा

अनुमतिबिना नै कार्यक्रम चलाउने विदेशी कम्पनी शिक्षा मन्त्रालयको कारबाहीमा

  • खबर सेवा

  • शुक्रबार, चैत्र ७, २०८१

  • 125
    SHARES
अनुमतिबिना नै कार्यक्रम चलाउने विदेशी कम्पनी शिक्षा मन्त्रालयको कारबाहीमा

काठमाडौं। बिना अनुमति कार्यक्रम चलाउने विदेशी संस्थालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही गरेको छ।

मन्त्रालयले यही चैत ८ र १२ गते कार्यक्रम गर्न खोज्ने विदेशी कम्पनी लिब्रेज र मेडप्रो इन्टरनेशनल संस्थालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसरलाई अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार लिब्रेजले ८ गते होटल एभरेष्टमा तथा मेडप्रो इन्टरनेशनले चैत १२ गते होटल मेरियटमा अनुमति नलिएर कार्यक्रम निर्धारण गरेको थियो ।

मन्त्रालयले यही चैत ६ गते निर्देशिकाविपरीत सञ्चालन हुने यस्ता कार्यक्रम रोकेर त्यस्ता संस्थालाई प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णयसमेत गरेको छ । शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्ष, पूर्वतयारी कक्षा तथा भाषा परीक्षणजस्ता कार्य गर्नका लागि अनुमति लिएका संस्थालाई नवीकरण गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार १४ साउन २०७५ सम्म १ हजार ४७३ संस्थाले अनुमति लिएकोमा आर्थिक वर्ष २०८१/८२ सम्म ९ सय २४ संस्थाले नवीकरणका लागि आवेदन दिएका छन् । हालसम्म ६ सय ९ संस्थाले मात्र राजस्व तिरेर नवीकरण गरेको शिक्षा मन्त्रालयको तथ्याङ्क छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology