सोमवार, बैशाख १५, २०८२
English
Follow us:

प्रचण्डले गरे ८४ सम्म प्रधानमन्त्री नबन्ने प्रतिबद्धता

प्रचण्डले गरे ८४ सम्म प्रधानमन्त्री नबन्ने प्रतिबद्धता

  • खबर सेवा

  • शुक्रबार, चैत्र ७, २०८१

  • 66
    SHARES
प्रचण्डले गरे ८४ सम्म प्रधानमन्त्री नबन्ने प्रतिबद्धता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रवार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए ।

उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।

२०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहने उनले जिकिर गरे। आफू २०८४ सम्म जनताकै साथमा रहने उनको भनाइ छ ।

सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने उनले बताए । सरकारमा हुँदा आफूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको उनले बताए ।

आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरूले सरकारमा हुँदा जोड दिएको र आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको उनको दाबी थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology