सोमवार, बैशाख १५, २०८२
English
Follow us:

भारत भ्रमणबाट फर्किइन् परराष्ट्रमन्त्री, भनिन्, ‘मोदीलई भेटिन’

भारत भ्रमणबाट फर्किइन् परराष्ट्रमन्त्री, भनिन्, ‘मोदीलई भेटिन’

  • खबर सेवा

  • शुक्रबार, चैत्र ७, २०८१

  • 66
    SHARES
भारत भ्रमणबाट फर्किइन् परराष्ट्रमन्त्री, भनिन्, ‘मोदीलई भेटिन’

काठमाडौँ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको सहयोग लोकतान्त्रिक प्रणाली (डेमोक्रेटिक सिस्टम) लाई नै भएको बताएकी छन्।भारतमा आयोजित विभिन्न कार्यक्रममा भाग लिएर शुक्रबार स्वदेश फर्केकी परराष्ट्र मन्त्री राणाले राजनीतिक विषयमा खासै छलफल नभएको पनि बताइन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कुनै एजेन्डासमेत नराखिएको उल्लेख गर्दै उनले समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरसँग भने भेटवार्ता भएको बताइन्।

‘कार्यक्रममा कुनै देशको परराष्ट्र मन्त्रीलाई मात्र भेट्न त्यहाँ गाह्रो थियो, भारतीय प्रधानमन्त्रीलाई भेट्ने हामीले एजेन्डा पनि राखेका थिएनौं,’ उनले भनिन्, ‘आफ्नो समकक्षी भएर विदेश मन्त्रीसँग भेट मागेका थियौं, भेटवार्ता भयो, राम्रो स्वागत गर्नुभयो।’

उनले राजनीतिक घटनाक्रमबारे खासै कुराकानी नभए पनि भारतको सहयोग लोकतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिएको बताइन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology