खेलकुद

पुरुष फुटबल टोली : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ। एएफसी एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) मलेसियासँग भिड्दैछ। मलेसियाको घरेलु मैदान इब्राहिम सुल्तान स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रगंशालाको खराब अवस्थाका कारण नेपाली टोली मलेसिया गएको हो।

अघिल्लो साता सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा १–० को ऐतिहासिक जित निकालेको नेपाली टोली उच्च मनोवलमा छ। खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मलेसिया बलियो प्रतिद्धन्दी भएपनि जितका लागि नै खेल्ने बताएका छन्।

नेपाल र मलेसियाबीच अहिलेसम्म सात पटक भेट भएको छ। ती सातै भेटमा नेपाल मलेसियासँग पराजित भएको छ। नेपाली टोली आजको खेलमा मलेसियाविरुद्ध हारको शृङ्खलालाई तोड्दै नयाँ सुरुवात गर्न चाहन्छ। छनोटमा नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफ मा छ।

सम्बन्धित समाचार

क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु

क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु

काठमाडौं। नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई...

महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अपमा नेपाल अमेरिकासँग पराजित

महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अपमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । नेपाललाई...

एन्फाको बजेट डेढ अर्ब बढी

एन्फाको बजेट डेढ अर्ब बढी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित भएको छ । अर्ली...

आयरल्यान्डसँग नेपाल पराजित

आयरल्यान्डसँग नेपाल पराजित

काठमाडौँ। आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । नेपाल...