सोमवार, बैशाख १५, २०८२
English
Follow us:

पुरुष फुटबल टोली : मलेसियासँग भिड्दै नेपाल

पुरुष फुटबल टोली : मलेसियासँग भिड्दै नेपाल

  • खबर सेवा

  • मङ्लबार, चैत्र ११, २०८१

  • 48
    SHARES
पुरुष फुटबल टोली : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ। एएफसी एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) मलेसियासँग भिड्दैछ। मलेसियाको घरेलु मैदान इब्राहिम सुल्तान स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रगंशालाको खराब अवस्थाका कारण नेपाली टोली मलेसिया गएको हो।

अघिल्लो साता सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा १–० को ऐतिहासिक जित निकालेको नेपाली टोली उच्च मनोवलमा छ। खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मलेसिया बलियो प्रतिद्धन्दी भएपनि जितका लागि नै खेल्ने बताएका छन्।

नेपाल र मलेसियाबीच अहिलेसम्म सात पटक भेट भएको छ। ती सातै भेटमा नेपाल मलेसियासँग पराजित भएको छ। नेपाली टोली आजको खेलमा मलेसियाविरुद्ध हारको शृङ्खलालाई तोड्दै नयाँ सुरुवात गर्न चाहन्छ। छनोटमा नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफ मा छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology